अध्यक्ष रेग्मी न्यूयोर्क पुग्दै

असोज ११, काठमान्डौ– राष्ट्र संघको ६८ औं महासभामा भाग लिन जानुभएका मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी आज अमेरिकाको न्युयोर्क पुग्दै हुनुहुन्छ । ‘सन् २०१५ पछिका विकासका विषय र तिनको कार्यान्वयन सम्भावना’ शीर्षकमा यही असोज १ गतेदेखि सुरु भएको महासभामा मन्त्रीपरिषद अध्यक्ष रेग्मीले भोली सम्बोधन गर्ने कार्यक्रम छ । परराष्ट्र सचिव अर्जुनबहादुर थापा र न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली नियोगका प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलगायत अन्य अधिकारी अध्यक्ष रेग्मी नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा न्यूयोर्कबाट सामेल हुनुहुने कार्यक्रम रहेको छ ।
यस्तै अध्यक्ष रेग्मीले भोलीनै संयुक्त राष्ट्रसङ्घका महासचिव बान–की मुन र भारतका प्रधानमन्त्री मनमोहन सिंहसाग बेग्ला बेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । यस्तै उहाले त्यहाा रहेका नेपाली समुदायसाग आयोजना हुने अन्तक्र्रिया कार्यक्रममा सहभागी हुनुहुनेछ ।  महासभामा भाग लिइ अध्यक्ष रेग्मी यही असोज १५ गते स्वदेश फर्कनु हुने कार्यक्रम छ ।