राजधानीमा गोली चल्यो, एक गम्भिर घाईते

असोज ११, काडमान्डौं – अज्ञात व्यक्तिको गोली प्रहारबाट राजधानीको बौद्धमा एक जना गम्भिर घाईते भएका छन । घाईते हुनेमा भारत मोतिहारी घर भई हाल जोरपाटिस्थित सुबास पार्टि प्यालेस अगाडी लुगा सिलाउने काम गर्दै आएका मोहम्मद सुमसल्लाह रहेको बौद्ध प्रहरी प्रमुख मनोज कुमार गौतमले जानकारी दिए ।

उनको पेटमा गोली लागेको छ । गम्भिर घाईते उनलाई उपचारका लागि अहिले शिक्षण अस्पताल माहाराजगंज भर्ना  गरिएको छ । बिहान सवा ९ बजेतिर मोटरसाइृकलमा आएका अज्ञात ब्यतmीहरुले उनीमाथि गोलीप्रहार गरेको बताईएको छ । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको ।