सोलुखुम्बुको लुक्लाका हेलिकप्टर दुर्घटना ,४ जना घाईते १ को अवस्था गम्भिर

 असोज १०, सोलुखुम्बु– सोलुखुम्बुको लुक्लामा आज बिहान हेलिकप्टर दुर्घटना हुंदा ४ जना घाईते भएका छन् । घाईते हुनेमा सोनाम छिरिङ शेर्पा उहाकी श्रीमती अनिता शेर्पा , क्याप्टेन दावा गेलु शेर्पा र अरुण मल्ल रहेका छन ।

दुर्घटनामा परि क्याप्टेन दावा गेलु शेर्पाको अवस्था गम्भिर रहेकाले उहालाई उपचारका लागि काडमान्डौं ल्याईएको छ । घाईते अन्यको अवस्था भने सामान्य रहेको बताईएको छ ।  काडमान्डौंबाट लुक्लाका लागि उडेको एयर डाईनेष्टी ९ ए ईएक्स कल साईनको हेलिकप्टर अवरतणका क्रममा बिमानस्थलमा दुर्घटना भएको थियो । अवतरणका क्रममा हेलिकप्टरको पछाडीको पंखा बिमानस्थलको पर्खालमा लगाईएको तारमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।