उम्मेदवार छनौंटमा दलहरु आज ब्यस्त

असोज ११ , काठमान्डौ– संबिधान सभाको दोस्रो निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेद्धारको छनौटका लागि प्रमुख दलहरु आज पनि आन्तरिक छलफलमा ब्यस्त हुने भएका छन् । उम्मेद्धार छनौट प्रक्रिया सुरु गरी सकेका एकिकृत नेकपा माओबादी, नेपाली कंग्रेस र नेकपा एमालेले आज पनि सो प्रक्रियालाई जारी राख्ने बताएका छन ।


लामो गृहकार्यकाबिच एकिकृत माओबादीले आज २४० वटै निर्वाचन क्षेत्रका उम्मेद्धारहरुको टुंगो लगाउदैं छ । केन्द्रिय कार्यलय र उम्मेदवार छनौट समितिको आज बस्ने संयुक्त बैठकले समानुपातिक र प्रत्यक्षतर्फका उम्मेद्धार छनौट प्रक्रियालाई टुङ्ग्याउने प्रबतmा अग्नी सापकोटाले बताए । यसअघि हिजो बसेको बैठकले ७५ प्रतिशत क्षेत्रका उम्मेद्धार तय गरीसको जनाइएको छ ।
यस्तै १७ जिल्लाका उम्मेद्धारको नाम टुंगो लगाइसकेको कंग्रेसको संसदीय बोर्डको बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रिय कार्यलय सानेपामा बस्ने बैठकले आज उम्मेदवार छनौंट गर्न बााकी रहेका जिल्ला, क्षेत्रका उम्मेद्धारहरुको नाम तय गर्ने जनाएको छ । यसअघि हिजोसम्म कंग्रेसले ताप्लेजुङ, खोटाङ, बझाङ लगायतका हिमाली तथा उच्च पहाडी जिल्लाका उम्मेद्धार तय गरेको थियो ।
यता उम्मेद्धार छनौटका बिषयमा छलफल गर्न एमालेको स्थायी समितीको बैठक पनि बस्दैछ । केहिदिन यता जारी स्थायी समितीको बेठकले उम्मेद्धाहरुको सुची तयार गरी केन्द्रिय कमितिीको बैठकमा पेश गर्नेछ ।