कक्षा १२ को नतिजा सार्वजनिक

असोज ९ काठमान्डौं– उच्च माध्यमिक शिक्षा परिषदले यसवर्षको कक्षा १२ को परिक्षाफल आज सार्वजनिक गरेको छ । कक्षा १२ को मानविकी, व्यवस्थापन र शिक्षा संकायको नतिजा सार्वजनिक गरिएको हो ।

परीक्षामा नियमिततर्फ ३८ दशमलब ६३ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् भने आंशिकतर्फ ३१ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । नियमिततर्फ २ लाख ८ हजार ७ सय १ जना परिक्षार्थी सहभागी भएकोमा ८० हजार ६ सय २० जना उत्तिर्ण भएको उच्च माध्यमिक शिक्षा परिषदले जनाएको छ । यसैगरी आंशिक तर्फ १ लाख ३७ हजार ५ सय १२ परीक्षार्थी सहभागी भएकोमा ४२ हजार ५ सय ३८ जनाले उत्तिण भएका छन् । परीक्षामा नियमित र पूरक गरी ३ लाख ६० हजार परीक्षार्थी सहभागि थिए ।