एएफसी प्रेसीडेन्स कप फुटबलमा आज थ्रीस्टारले तुर्कीमिनीस्तानको सामाना गर्दै

असोज ७ , काडमान्डौं – एएफसी प्रेसीडेन्स कप फुटबलको फाईलन चरणका खेलहरु आजबाट मलेशियाको मेलाकामा सुरु हुदैछ । फाईलन चरणको उदघाटन खेलमा सहिद स्मारक लिग बिजेता लक्ष्मी बैंक थ्रीस्टार क्लबले आज तुर्कीमिनीस्तानको बाल्कन क्लबसंग सामना गर्दैछ । हाङ्ग जेबाट रंगशालामा हुने पहिलो खेल नेपाली समय अनुसार दिउसो साढे दुई बजेबाट सुरु हुनेछ ।
पहिलो खेल नेपाली टिमका लागि निकै महत्वपुर्ण भएकाले जित आफ्नै पक्षमा निकाल्नु पर्ने बाध्यता रहेको थी्र स्टारका प्रशिक्षक प्रदीप हुमागाईले बताउनु भयो । सन् २००५ मा काडमान्डौंमा भएको एएफसी प्रेसीडेन्स कपको पहिलो संस्करणमा सेमिफाईनल पुगेको अनुभव आफुसंग रहेकाले आजको खेल जित्ने विश्वास रहेको कप्तान सन्तोष साहुखको भनाई छ । एएफसी प्रेसीडेन्ट्स कपमा विभिन्न देशका ६ टोलीको सहभागीता रहको छ । थ्रीस्टारले आफ्नो दास्रो खेलमा असोज ९ गते मंगोलियाको ईरचिमसाग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगीतामा भाग लिन २० खेलाडी र १२ अफिसीयल सहित नेपालको प्रतिनिधित्व गर्दै थी्र स्टार असोज ४ गते मलेशिया प्रस्थान गरेको थियो ।