आज राष्ट्रिय संरक्षण दिवश बिभिन्न कार्यक्रम गरि मनाईदै

असोज ७ , काडमान्डौं – राष्ट्रिय संरक्षण दिवस आज बिभिन्न कार्यक्रम गरि देशैभर मनाईदैछ । विसं २०६२ असोज ७ गते तत्कालीन वनमन्त्री गोपाल राई, वन र वातावरण क्षेत्रका विज्ञहरू डा. हर्क गुरुङ, डा. चन्द्र गुरुङलगायत २४ जनाको ताप्लेजुङको धुम्सामा हेलिकोप्टर दुर्घटनामा निधन भएकाले उहााहरूको योगदानको स्मरण गर्दै असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउन थालिएको हो ।
दिवशकै अवसरमा विश्व वन्यजन्तु कोष ( डब्लु डब्लु एफ ) ले वन्यजन्तु, वन, वातावरण र जैविक विविधताको संरक्षणमा महत्वपूर्ण कार्य गर्ने र समाचार सम्प्रेषणको माध्यमबाट सहयोग पुर्‍याउने एक संस्था र पाच व्यक्तिलाई राष्ट्रिय संरक्षण पुरस्कार २०१३ बाट आज सम्मान समेत गर्दैछ ।
कोषले अब्राहम संरक्षण पुरस्कार संस्थागत रूपमा सुन्दरी सामुदायिक वन उपभोक्ता समूह नवलपरासीलाई, व्यक्तिगतरूपमा डा ईन्द्रप्रसाद सापकोटा र प्रकाश विकलाई, डब्लु डब्लु एफ संरक्षण मिडिया पुरस्कार पत्रकार पीताम्बर सिग्देललाई, विशेष संरक्षण पुरस्कार बर्दियाका समाजसेवी चन्द्रकला सुब्बा र युवा संरक्षण नेतृत्व पुरस्कार विकास पाठक क्षेत्रीलाई प्रदान गरिने जनाईएको छ । पुरस्कृत हुनेलाई सम्मानपत्र र नगद पचास हजार (संस्थागत) र पच्चीस हजार (व्यक्तिगत) दिइने छ ।