अखिलको महाधिवेशनमा आज मतदान हुदै

असोज ७ , काडमान्डौं – बिहीबारदेखि राजधानीमा जारी नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको २१ औा महाधिवेशनमा नया कार्यसमिति चयनका लागि आज मतदान भैरहेको छ । गएराती बिबाद बारे सहमती भउपछि नया कार्यसमितिका लागि अध्यक्ष पदमा निर्वतमान महासचिव किशोरविक्रम मल्ल, निर्वतमान उपाध्यक्ष लक्ष्मण लम्साल र नवराज पौड्याल गरी तीन समूहको उम्मेदवारी परेको हो ।


एमाले नेताहरुले आफू निकटकलाई जिताउन लबिङ थालेपछि अनेरास्ववियुको नेतृत्व चयनमा ब्यापक विवाद देखिएको थियो । शनिबार नै सकिनुपर्ने महाधिबेशनमा उम्मदवारी छनौट बिबादका कारण हिजो मात्रै उम्मेदवारी दर्ता भएपछि आज मतदान भैरहेको हो ।
एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, पाच सचिव, एक कोषाध्यक्ष सहित १३५ सदस्यीय कार्यसमितिका लागि मल्ल र लम्सालको समूहबीच कडा प्रतिष्पर्धा हुने स्थिति देखापरेको अनेरास्ववियुका महासचिवका प्रतिस्पर्धी रचना खड्काले जानकारी दिनुभयो । महाधिवेशनमा देशभरबाट एक हजार पाच सय प्रतिनिधि सहभागी छन् ।