निर्वाचन कार्य तालिका परिवर्तन

असोज ३
निर्वाचन आयोगले संविधान सभाको निर्वाचन कार्य तालिका परिवर्तन गरेको छ । सरकारको आग्रह अनुसार आयोगले मंसिर ४ को निर्वाचनलाइ असर नपर्ने गरि उमेदवार मनोनयन दर्ता एक साता पछि सारेको छ ।
असोज ७ मा आयोगमा पेश गर्नु पर्ने समानुपातिक उमेदवारको वन्दसुची  नयाा तालिका अनुसार अव दलहरुले १४ गते पेश गर्नु पर्ने छ । यस्तै प्रत्यक्ष तर्फको उमेदवारी दर्ता यस अघि १० गते भनिएकोमा अव १७ गते पेश गर्नु पर्ने छ ।
मंसिर ४ को निर्वाचनलाई कुनै असर नपर्ने गरि समानुपातिकको वन्दसूची पेश गर्ने र प्रत्यक्ष तर्फको उमेदवारी दर्ता गर्ने समय केहिदिन पर सार्न सरकारले आयोगलाइ आग्रह गरेको थियो ।