सिट बांड्ने समिति बनाउन कांग्रेस भित्र विवाद

काठमाडौं,
सभापति सुशील कोइराला र वरिष्ठ नेत शेरबहादुर देउवाबीच असहमति भएपछि समिति गठन अनिश्चित भएको छ ।  बुधबार पार्टी महामन्त्री कृष्ण प्रसाद सिटौलाले दुई नेताबीच उनीहरु  दिनभरि सहमति गर्न खोज्दा पनि सहमति हुन सकेन ।
बैठक निवास महाराजगन्ज र बुढानीलकण्डको दौडाहामा बसेको थियो । देउवाले संसदीय समितिमा सदस्य रहन सक्ने अधिकतम संख्या १४ मध्ये ६ आफ्नो पक्षले पाउनु पर्ने धारणा राखेका छन् ।
कोइराला पक्षले भने मंगलाबार सम्म संसदीय समितिमा देउवालाई चार सिटमात्र दिने अडान राखेको थियो । तर, बुधबार फेरि लचिलो भएर ५ सिटसम्म दिनसक्ने सन्देश पनि सिटौलाले दिएका थिए । देउवाले चाहि ६ सिटको अडानमा त्यत्ति कडिकडाउ भएका छैनन् ।
संसदीय समितिले उम्मेदवार छान्ने अन्तिम निर्णय गर्ने हुंदा दुवै पक्षबीच समितिमा आफ्ना अधिकतम सदस्य राख्ने रस्साकस्सी भएको हो ।