slider

जोमसोम बजारमा कालीगण्डकीको कटानको जोखिम

मुस्ताङको घरपझोङ गाउँपालिकास्थित जिल्ला सदरमुकाम जोमसोम बजारमा कालीगण्डकी नदीमा आएको बाढीले गरेको कटान । कालीगण्डकीको बाढीले कटान गर्न थालेपछि जोसमोम बजारमा कटानको जोखिम

भक्तपुर मङ्गलतीर्थका सम्पदा डुबानमा

वर्षाका कारण मनोहरा नदीमा आएको बाढीले डुबानमा परेको भक्तपुर मङ्गलतीर्थका सम्पदा । बाढीले हनुमानघाट, चुपिङघाट, राम मन्दिरका सम्पदाहरु डुबानमा परेका छन् । RSS

जातीय पोशाकमा विद्यार्थी

म्याग्दीको मालिका गाउँपालिका दरबाङ स्थित के वि एकेडेमीको कक्षा ७ का विद्यार्थीहरु जातीय पोशाकमा सजिएर अध्ययन गर्दै । विद्यालयले सामाजिक शिक्षा अध्यापनका क्रममा

सूर्यमुखी फूल खेती

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका –३ भोताङमा स्थानीय कान्छालाल तामाङको बारीमा फूलेको सूर्यमुखी फूल ।रासस

प्रम प्रचण्ड-मन्तव्य

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको सम्झनामा प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार आयोजित श्रद्धाञ्जली सभामा मन्तव्य राख्दै ।

रोपाइँका लागि पटाहा लगाउँदै

मोरङको हरैचास्थित परम्परागत शैलीमा हिलो खेतमा पटाहा लगाएर खेत सम्माउँदै एक किसान । हिजोआज आधुनिक प्रविधिको बढ्दो प्रयोग संगै यस्ता दृश्य विरलै भेटिन्छन्

जुम्लामा जौ खेती

जुम्लाको चन्दननाथ नगरपालिका-५ का कृषकले लगाएको जौ खेती । पाक्न थालेको सो जौ काटेपछि यहाँका किसानले मार्सी धान खेती गर्छन् । तस्बिर :

सूर्योदय

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरबाट सोमबार बिहान देखिएको सूर्योदयको दृश्य। तस्बिर: सुरेश आचार्य/रासस

आलु-काउली स्तम्भ

तरकारी खेतीका लागि ख्याति कमाएको मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं-४ स्थित नयाँगाउँमा निर्माण गरिएको आलु-काउलीको स्तम्भ। तस्बिर – हरिराम भेटुवाल