मण्डलामा ‘जार’को कथा

कात्तिक १३, काठमाडौँ-अर्काको श्रीमति भगाउने मानिसलाई ‘जार’ भनिन्छ। र नेपाली समाजमा ‘जार’ बन्नु कुनै गौरवको विषय मानिन्न। तर नेपाली समाजमा जानाजान ‘जार’ बनेका थुप्रै मानिस छन्। मण्डला थिएटरले यसरी नै ‘जार’ बनेका प्रतिनिधि पात्रको कथा छनोट गरेर सोही नामको नाटक मञ्चन गर्ने भएको छ। कार्तिक १४ गते देखि ३० गते सम्म मण्डला थियटरमा मञ्चन हुन लागेको नाटकको हाल धमाधम रिहर्सल चलिरहेको छ। नाटकमा मण्डला थिएटरमा तीन महिने अभिनय प्रशिक्षण लिइरहेका प्रशिक्षार्थीहरुले अभिनय गरेका छन्।
नेपालमा परम्परागत रुपले चलेको जार प्रथामा आधारित यो नाटकमा प्रेम प्राप्ति र संघर्षलाई रोचक ढंगले पस्कने प्रयास गरिएको छ। पौराणिक मान्यता अनुसार एक जनाको श्रीमती अर्कोले लगेपछि श्रीमानले अर्काको श्रीमती लानेलाई एउटा निश्चित समय वा सिमा भित्र खुकुरी हानेर, काटेर वा मारेर जसरी हुन्छ आफनो श्रीमती फिर्ता ल्याउने मौका दिन्छ। यदि काट्न नसकेको खण्डमा भने श्रीमती उसकै हुन्छ।नाटकमा मित प्रथालाई पनि देखाइएको छ। मित लगाउने प्रकृयादेखि मितका मान्यताहरु र मितेरी साइनो लगाई सकेपछिका मूल्य र मान्यताहरु पनि नाटकमा देखाउन खोजिएको छ। नागरिक दैनिकमा खबर छ ।