भाडा नबढाउन निर्देशन, व्यवसायी भन्छन्– भाडा बढाएर लिन्छौं

कात्तिक १३, काठमाडौँ – उद्योग वाणिज्य तथा उपभोक्ता सम्बन्ध समितिअर्न्तगतको उपसमितिले सार्वजनिक यातायातको भाडा तत्काल नबढाउन सरकारलाई निर्देशन दिएको छ। उपसमितिको बुधबार बसेको बैठकले इन्धनको भाउ घटेको बेला यातायातको भाडा बढाउन अनुचित हुने भन्दै तत्काल भाडा नबढाउन निर्देशन दिएको उपसमिति सभापति सुवासचन्द्र शाह ठाकुरी जनाए।
वाणिज्य तथा आपूर्ति मन्त्रालयले इन्धनको भाउ घटाएको बेला अर्को मन्त्रालयले भाडा बढाउनु अनुचित भएको ठकुरीले बताए। ‘अहिलेकै भाडा दर वैज्ञानिक छैन,’ सभापति नागरिकन्युजसँग भने भने, ‘भाडावृद्धि गर्ने सवालमा सरोकार संलग्न एउटा आयोग गठन गर्नुपर्छ। आयोगले दिने सुझावको आधारमा अगाडि बढ्नुपर्छ।’ भाडा बढाउँदा यात्रुको सेवा र सुविधामा पनि ध्यान दिनुपर्ने समितिको सुझाव छ।
सरोकारवालासँग छलफल नगरी सार्वजनिक यातयातमा भाडा बढाउन नहुने ठहर उपसमितिले गरेको छ। ‘एउटा मन्त्रालय इन्धनको भाउ घटाउँदै जाने, अर्को मन्त्रालयचाहिँ भाडा बढाउँदा सरकारी निकायमा समन्वय अभाव देखियो,’ सभापति शाहीले भने। समितिको निर्देशन अटेर गरे सदनमा कुरा उठाउने उनले बताए।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौला, यातायात व्यवस्था विभागका महानिर्देशक काशीराज दाहाल, महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख केशवप्रसाद अधिकारी, यातायात व्यवसायीका प्रतिनिधि र उपभोक्ता अधिकारकर्मीहरू पनि आमन्त्रित थिए।
उपसमितिको निर्देशनपछि के गर्ने भन्नेबारे मन्त्रालयले बिहीबार निर्णय गर्ने सचिव सिटौलाले बताए। उनले भने, ‘उपसमितिले भाडा नबढाउन निर्देशन दिइसकेको छ। अब भोलि यसबारे निर्णय गर्छौं। नागरिक दैनिकमा खबर छ ।
यातायात व्यवसायीले भने भाडा बढाएर असुल्ने बताएका छन्। ‘महँगी बढेको बढ्यै छ,’ यातायात व्यवसायी महासंघका महासचिव डोलनाथ खनालले भने, ‘सरकारले त्यो महँगी पहिला नियन्त्रण गरोस् अनि मात्र भाडा पुरानै यथावत राख्न सकिन्छ।’
उपसमिति बैठकको निर्णय यस्तो छ –
decision

– See more at: http://nagariknews.com/economy/main-story/story/26859.html#sthash.0RVr2FFA.dpuf