आज सानो आकारको मन्त्रिमण्डल विस्तार हुने

फागुन ५, काठमाडौं – गृह मन्त्रालयका बिषयमा एमालेसंग कुरा नमिल्दा मन्त्रिपरिषद बिस्तार हुन नसकि रहेका बेला प्र्रधानमन्त्री सुशील कोइरालाले आज सानै आकारको भएपनि मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् । त्यसका लागि अहिले कांगेसका पदाधिकारीबीच छलफल भैरहेको छ । कांग्रैस र एमालेबिच गृहमन्त्रालयका बिषयमा चर्को विवाद हुदा त्यसको नराम्रो खबर जनतामाझ पुग्ने भन्दै प्रधानमन्त्री कोइरालाले आफै साँझ सम्ममा सानो आकारको मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका हुन् । गृहमन्त्रालयको विवाद र मन्त्रिमण्डल विस्तारका बिषयमा यसअघि प्रधानमन्त्री कोइरालाले हिजो आइतबार प्रधानमन्त्री कार्यालयमा वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडलसंग छलफल गरेका थिए । आज पदाधिकारीसंगको छलफल र संसदीय समितिको छलफलबाट मन्त्री हुनेहरुको नामावली तयार पारिने कोईराला निकट स्रोतले जनाएको छ ।