फागुन ५, अर्घाखाँची– हिजो दिउसोबाट हराएको नेपाल वायु सेवा निगमको ट्वीनअटर विमान आज बिहान क्षतविक्षत अवस्थामा भेटिएको छ । स्थानियबासीकले मसिनेलेकमा विमान दुर्घटना भएको खबर दिए पछि सुरक्षाकर्मीको टोलीले अर्घाखाचीको ढिकुरा गाविसको–८ स्थित मसिनेलेकमा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटाएको हो । दुर्घटना स्थलमा विमान क्षतविक्षत अवस्थामा रहेको र अहिलेसम्म ११ वटा शव भेटिएको घटनास्थल पुगेका प्रहरी निरीक्षक गोविन्द पन्थीले जानकारी दिए । शवको पहिचान हुन नसकेको र अन्य शवहरुको खोजी भैरहेको उहाले बताए । घटनास्थलमा नेपाली सेनाको चन्दननाथ गणबाट २५ सेनाको उद्धारा टोली बिहानै घटनास्थल पुगिसकेको गणले जनाएको छ । उद्धारमा सेना, प्रहरी र सशस्त्र प्रहरीको टोलीको उद्धार कार्य जारि राखेको पश्चिम क्षेत्र शसस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनीले जनाएको छ । हिजोदेखि जारि हिमपातका कारण उद्धारकार्यमा कठिनाइ भइरहेको सुरक्षकर्मीले बताएका छन । हिजो आईतबार काठमाडौंबाट पोखरा हुदै जुम्लाका लागि उडेको नाइन ए–एबीबी ट्विनअटर विमानमा चालक दलका सदस्य, जुम्लाका शिर्षस्थ समाजिक ब्यतmीहरु,एक विदेशी र एक बालक सहित १८ जना सवार थिए । अन्तिम पटक १ः१३ मा भैरहवा विमानस्थलसग सम्पर्क हुदा विमानका क्याप्टेनले मौसम खराव रहेको सूचना दिएका थिए । त्यस लगत्तैं अपराह्न तिर त्रिभुवन विमानस्थल टावरका अधिकारीहरुले विमान सम्पर्क बिहिन रहेको जानकारी गराएका थिए । खराब मौसमका कारण हुम्लाका लागि अन्य कुनै विमानले उडान नभरे पनि नेपाल वायु सेवा निगमले भने उडान भरेको थियो ।
अन्तरबार्ता
फोहरलाई स्रोतमै वर्गीकरण गर्नु नै पहिलो दायित्व – वातावरण विज्ञ अमात्य

साउन २३, काठमाडौं – काठमाडौँ र ललितपुर महानगरपालिकामा समुदायमा आधारित वातावरणमैत्री अत्याधुनिक सार्वजानिक शौचालयको निर्माण गर्दै आएको एरोसान सस्टेनेवल स्यानिटेशन संस्थाका कार्यकारी प्रमुख
विचार
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक
पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैन – मुख्यमन्त्री भट्ट

साउन १८, डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् ।