‘हनी बनी’मा साराको ठाउँमा जसिता अनुबन्धित

बैशाख २५, काठमाडौं  – निर्देशक दिवाकर भट्टराईको निर्देशनमा बन्न लागेको फिल्म ‘हनी बनी’मा नायिका जसिता गुरुङ अनुबन्धित भएकी छन् ।
शनिवार निर्देशक दीवाकर भट्टराई र जसिताले बेलायतमा कागजी सम्झौता गरेका हुन् । मार्चबाट फ्लोरमा जाने फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गर्नेछन् ।

अधिकांश छायांकन लन्डनमा गरिने फिल्ममा सलोनको भूमिका बारे भने खुलाईएको छैन । ७ करोड लागतमा निर्माण हुन लागेको यस फिल्मलाई रबी इन्टरनेशलको प्रस्तुति रहने फिल्ममा गौतम प्रोडक्सन र भ्वाइस फिल्मस् लिमिटेडको सहकार्यमा बनाउन लागिएको हो ।

फिल्ममा नयाँ अनुहारको पनि अभिनय रहनेछ । अमित बस्नेत, अजित केआर थापा र परी राना निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा अंकित गौतम छन् ।