भ्यालेन्टाइनका बारेमा थोरैं कुरा….

भ्यालेन्टाइन डे को सुरुआत अंग्रजी सम्वत तेस्रो शताव्दी तिरबाट भएको हो । रोमन तानाशाही शासक क्लाउडिअस दोस्रोले आफना सिपाहीहरुलाई कसैसंग भेट्न र प्रेम गर्नबाट प्रतिबन्द्ध गरेकोमा त्यसको बिरोध गर्ने क्रममा सिपाही भ्यालेन्टाइनलाई मुत्यु दण्ड दिईएको बताईन्छ । रोमका राजाले आफ्ना सैनिकलाई विवाह नगर्न उर्दी जारी गरेपनि सेन्ट भ्यालेन्टाइनले प्रेमीसैनिकहरुको मिलन गराइ दिएको भन्दै उनलाई फाँसी दिइएको ईतिहास पनि छ । त्यसबेलाका तानाशााह शासक क्लाउडिअसले आफना नागरिकलाई १२ वटा भगवानको मात्र पूजा गर्न आदेश दिएका थिए । सो आदेश नमान्नेलाई मृत्युदण्ड दिने समेत घोषणा गरका थिए । तर सिपाही भ्यालेन्टाइन इसाइ थिए । उनी आफनो धामिर्क आस्थामा नडगमगाउदा शासकहरुले उनलाई आफ्नो याज्ञा र आदेश उल्लघंन गरेको भन्दैं उनलाई पक्राउ गरि मृत्युदण्ड दिइयो थियो । भ्यालेन्टाइन्सको शव रोमको प्राक्जाडिस चर्चमा गाडियो थियो । उसको चिहानमा उनकी प्रेमिका जुलियाले गुलाबी बदामको बोट रोपेर प्रेमभाव दर्शाएको ईतिहास पाईन्छ । मृत्युदण्डको अघिल्लो रात भ्यालेन्टाइनले पे्रमिका जुलियाको नाममा प्रेमपत्र समेत लेखेका थिए । सो प्रेमपत्रको चर्चा उनको मृत्युदण्डको भोलिपल्टैं देखि सुरु भएको थियो । प्रेमपत्र लेखेको भोलिपल्ट अर्थात (१४ फेब्रुअरी, २७० इस्वी सन्) जेलको गेटमा शासकहरुले टाँस्न लगाएका थियो । सोही दिनको सम्झनामा आज बिश्वभर प्रम दिवश अथवा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । सिपाही भ्यालेन्टाइनको प्रमेश्वरप्रतीको आस्था अनि उनकी दृष्टिविहीन प्रेमिका जुलियासंगको उनको प्रगाढ प्रेमको सम्झनामा बिश्वभरका युवायुवतीहरुले उनको प्रेम बलिदानीलाई कदर गर्दै प्रेम दिवस मनाउने गर्दछन् ।