भ्यालेन्टाइन डे मनाईदैं, के हो भ्यालेन्टाइन ?

फागुन २, काठमान्ठौं– आज फेब्रुअरी १४ तारेख, मायाप्रेम साटासाट गरी विश्वभर प्रेम दिवस मनाइदैछ । आजका दिन विशेषगरी युवायुवतीले रातो गुलाफ सहित आफ्नो मन प्रर्ने नजिकको मान्छेलाई उपहार आदान प्रदान गरी यो दिवस मनाईरहेका छन् । आजको दिन प्रेम प्रस्ताव गर्दा प्रेम बलियो हुने पनि युवा विश्वास समेत छ । प्रेम दिवसलाई भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस पनि भन्ने गरिन्छ । भ्यालेन्टाइन डे को सुरुआत अंग्रजी सम्वत तेस्रो शताव्दी तिरबाट भएको हो । केहि बर्षपहिले पश्चिमा मुलुकहरुमा यो दिवस मनाउने गरिएको भएपछि पछिल्लो समय नेपाल लगायतका एसियाली मुलुकहरुका युवायुवतीले पनि धुमधामका साथ दिवस मनाउने गरेका छन् । प्रेम दिवसको अवसरमा आज देशका बिभिन्न प्रर्यटकस्थल, पार्क मनोरकस्थलहरुमा युवायुवतीहरुको भिड देखिन्छ । आफुले मन पराएको मान्छेसंग आजको दिनमा मन खोलेर मनको कुरा भन्दा सफल हुने युवा बिश्वास रहेको पाईन्छ । त्यसैले आज आफ्नो मनको मान्छेलाई भेट्ने र एकान्तमा मनको कुरा अर्थात प्रेम प्रस्ताव राख्ने गर्दछन् ।
भ्यालेन्टाइनका बारेमा थोरैं कुरा….,
भ्यालेन्टाइन डे को सुरुआत अंग्रजी सम्वत तेस्रो शताव्दी तिरबाट भएको हो । रोमन तानाशाही शासक क्लाउडिअस दोस्रोले आफना सिपाहीहरुलाई कसैसंग भेट्न र प्रेम गर्नबाट प्रतिबन्द्ध गरेकोमा त्यसको बिरोध गर्ने क्रममा सिपाही भ्यालेन्टाइनलाई मुत्यु दण्ड दिईएको बताईन्छ । रोमका राजाले आफ्ना सैनिकलाई विवाह नगर्न उर्दी जारी गरेपनि सेन्ट भ्यालेन्टाइनले प्रेमीसैनिकहरुको मिलन गराइ दिएको भन्दै उनलाई फाँसी दिइएको ईतिहास पनि छ । त्यसबेलाका तानाशााह शासक क्लाउडिअसले आफना नागरिकलाई १२ वटा भगवानको मात्र पूजा गर्न आदेश दिएका थिए । सो आदेश नमान्नेलाई मृत्युदण्ड दिने समेत घोषणा गरका थिए । तर सिपाही भ्यालेन्टाइन इसाइ थिए । उनी आफनो धामिर्क आस्थामा नडगमगाउदा शासकहरुले उनलाई आफ्नो याज्ञा र आदेश उल्लघंन गरेको भन्दैं उनलाई पक्राउ गरि मृत्युदण्ड दिइयो थियो । भ्यालेन्टाइन्सको शव रोमको प्राक्जाडिस चर्चमा गाडियो थियो । उसको चिहानमा उनकी प्रेमिका जुलियाले गुलाबी बदामको बोट रोपेर प्रेमभाव दर्शाएको ईतिहास पाईन्छ । मृत्युदण्डको अघिल्लो रात भ्यालेन्टाइनले पे्रमिका जुलियाको नाममा प्रेमपत्र समेत लेखेका थिए । सो प्रेमपत्रको चर्चा उनको मृत्युदण्डको भोलिपल्टैं देखि सुरु भएको थियो । प्रेमपत्र लेखेको भोलिपल्ट अर्थात (१४ फेब्रुअरी, २७० इस्वी सन्) जेलको गेटमा शासकहरुले टाँस्न लगाएका थियो । सोही दिनको सम्झनामा आज बिश्वभर प्रम दिवश अथवा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । सिपाही भ्यालेन्टाइनको प्रमेश्वरप्रतीको आस्था अनि उनकी दृष्टिविहीन प्रेमिका जुलियासंगको उनको प्रगाढ प्रेमको सम्झनामा बिश्वभरका युवायुवतीहरुले उनको प्रेम बलिदानीलाई कदर गर्दै प्रेम दिवस मनाउने गर्दछन् ।