घरवारविहीनलाई सामूहिक आवास बनाउने

२९ माघ, काठमाडौ–तपाई घरवार विहिन हुनुहुन्छ ? त्यसो भए तपाइका लागि खुशीको खवर छ । सरकारले आर्थिक अवस्था कमजोर भएका घरवारविहीन व्यक्तिहरुका लागि सामूहिक आवास निर्माण गर्ने भएको छ । सहरी विकास मन्त्रालयले आर्थिक वर्ष २०७०/७१ भित्रमा दुई हजार पाच सय वटा सामूहिक आवास निर्माण गर्न लागेको हो । पहिलो चरणमा तीन हजारभन्दा बढी सामूहिक आवास निर्माण गरिसकेको भए पनि उतm आवासले घरवारविहीनको माग पुरा हुन नसके पछि सरकारले थप नयाा आवासको निर्माण गर्न लागेको मन्त्रालयका सहप्रवक्ता कवीन्द्रविक्रम कार्कीले जानकारी दिनुभयो । सामूहिक आवाश कार्यक्रम देशका २७ वटा जिल्लामा लागू गरिएको छ । पहिलो चरणमा रोल्पा, दाङ, डोटी, अछाम, सप्तरी तथा धादिङमा यस्तो व्यवस्था गरिसकेको बताउादै दोस्रो चरणमा ५० वटा भवनको निर्माण कार्य सुरु गरेको सह प्रबक्ता कार्कीले बताउनुभयो । मन्त्रालयले आयोजना सुरु भएका जिल्लामा प्रमुख जिल्ला अधिकारीलाई घरवारविहीन व्यक्तिको पहिचान गर्ने जिम्मा दिई पहिचानसहितको प्रतिवेदनका आधारमा विभिन्न जिल्लामा आवास निर्माण गर्दै आएको जनाएको छ । धादिङमा ३० वटा सामूहिक आवासका लागि सम्झौता भएको र सप्तरीमा पनि ३० वटै भवनका लागि जग खन्ने कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।