माडीमा हात्ती आतङ्क

elephant
२९ माघ, चितवन– जंगली हात्तीले आक्रमण गर्दा चितवनको गर्दी १ अमेलियामा २ वटा घरमा क्षति भएको छ । वुधवार विहान ३ बजे तिर घरमा आक्रमण गर्दा भिम बहादुर विश्वकर्मा र कृष्णप्रसाद दाहालको घरमा क्षति भएको हो । हात्तीले विश्वकर्माको घर पुर्णरुपमा भत्काइीदएको छ भने दाहालको घरको पाली भत्काइदिएको छ । हात्तीले घर भत्काउनुका साथै विश्वकर्माको घरभित्र रहेको करिव २ मुरी धान खाइदिएको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।