संविधान निमार्णको मौका खेर नजाने: कोइराला

१४ असोज,काडमाडौं – प्रधानमन्त्री सुशील कोइरालाले जनताको संविधान बनाउने सुनौला मौका खेर नफाल्न सबैमा आग्रह गरेका छन । नेपाल दश बर्षे द्धन्दका कारण धेरै नैं पछि परेकाले अब देशलाई जनताको संविधान दिई विकाशतर्फ उन्मुख हुनु पर्ने समय आएको बताए । नयाँ संविधान र विकास दिनका लागि यो सुनौलो समय र अन्तिम मौका पनि भएको प्रधामन्त्रि काइरालाले औल्याए । इजराइल सहित यूूरोप क्षेत्रमा कार्यरत नेपाली राजदूत र कुटनीतिक नियोक प्रमुखहरुसंगको भेटघाटमा प्रधानमन्त्री कोइरालाले तोकिएकै समयमा संविधान आउनेमा विस्वस्त रहन सबैलाई आग्रह समेत गरे । शान्ती प्रकृया बिस्तारै टुगिँदैं गइरहेको र नयां संविधान निमार्णका बिवादीत बिषयमा संवेदनशील भइ दलहरुबिच छलफल भैरहेको उनले जानकारी दिए ।  घेटभाटका क्रममा प्रधानमन्त्रि कोइरालाले मुलुकमा अवसर नपाएर ३५ देखि ४० लाख नेपालीहरु कामका लागि विदेशिन परेको यथार्थलाई ध्यानमा राखी मुलुकमा लगानी भित्रयाउन सशक्त ढंगले काम गर्न राजदूतहरुलाई निर्देशन समेत दिए ।