दशैं–तिहारमा आफ्ना ग्राहकलाई टेलिकमको आकर्षक छुट

असोज १४,काडमाडौं– नेपाल टेलिकमले नेपाली हिन्दुहरुको महान चाँड बडादशैं र तिहारलाई मध्यनजर गर्दै आफ्ना ग्राहकका लागि बिषेश आकर्षक छुटको ब्यवस्था गरेको छ । टेलिकमले जिएसएम सेवाको जीपीआरएस तथा  थ्रीजी इन्टरनेट डाटा प्रति एमबी ५० पैसामा उपलब्ध गराउने भएको छ भने सीडीएमएको इभिडियो इन्टरनेट प्रतिएमबी ४० पैसामा उपलब्ध गराइ रहेको टेलिकमले जनाएको छ । टेलिकमका अनुसार यो आर्कषक छुटको ब्यवस्था दशैमा असोज २१ गतेसम्म र तिहारका लागि कातिर्क ४ गतेदेखि १३ गतेसम्म उपलब्ध हुनेछ । टेलिकमले यस अवधिमा जीएसएम र सीडीएमए सेवामार्फत कम्पनीकै नेटवर्कभित्र हुने कलको अहिलेको महशुल दरमा १० प्रतिशत छुट समेत गरेको छ ।जीएसएम तथा सीडीएमए पोष्टपेड मोबाइलबाट प्रतिमिनेट ९० पैसा र प्िरपेड मोबाइलबाट प्रतिमिनेट एक रुपैया ३५ पैसमा मजाले फोनकल गर्न सकिनेछ । यसैगरि जीएसएम तथा सीडीएमए सेवामार्फत कम्पनीकै नेटवर्कमा हुने एसएमएस सेवाको महशुल दरमा ५० प्रतिशत छुट दिइएको छ भने यस अवधिमा गा्रहकले ५० पैसामा एसएमएस गर्न पाउनेछन ।