डिभिजन थ्रीका लागि नेपाली टीमको घोषणा

असोज १०, काठमाडौं– मलेसियामा आगामी महिना हुने आइसीसी वल्र्ड कृकेट लिग डिभिजन थ्रीका लागि नेपाली टोलीको घोषण भएको छ । राष्ट्रिय कृकेट टोलीका कप्तान पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको आज घोषणा गरिएको हो । टोलीमा सुवास खकुरेल, सदर भेसवाकर, शतmी गौचन, बसन्त रेग्मी, विनोद भण्डारी र सोमपाल कामी, सागर पुन, मेहबुब आलम, आरिफ शेख, नरेश बुढायर र अमृत भट्टराई रहेका छन् भने उपकप्तानमा ज्ञानेन्द्र मल्ल छनोट भएका छन । यस्तै यू–१९ कप्तान भुवन कार्कीले पनि टीममा स्थान बनाएको कृकेट एशोसिएसन अफ नेपाल क्यानले जनाएको छ । टोलीका अधिकांश खेलाडी आजै दिउसो एसियाडका लागि दक्षिणा कोरियाका लागि उडिसकेका छन । प्रतियोगितामा नेपालसगै मलेसिया, सिंगापुर, बर्मुडा, युगाण्डा र अमेरिकाले सहभागिता जनाउदै छन । प्रतियोगिता अक्टोबर २३ देखि ३० सम्म मलेसियामासंचालन हुनेछ ।