ड.राउतलाई हिरो नबनाऊ, तुरुन्त रिहा गर

असोज १०, काठमाडौं –  देश टुक्रयाउने अभियानमा लागेको भन्दै पक्राउ परेका ड.सीके राउतलाई रिहा गर्नु पर्ने दवाद बढ्दै गईरहेको छ । एमाओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड नेतृत्वको संघीय लोकतान्त्रिक गणतान्त्रिक मोर्चाका नेताहरुले आज दिउसो कार्यवाहक प्रधानमन्त्री एबम् गृहमन्त्री बामदेव गौतमलाई भेटेर राउतको रिहाइको माग गर्दै सरकारलाई दबाव दिएका  छन । मधेशलाई देशबाट अलग गर्ने अभियान चलाएको अभियोगमा सरकारले राउतलाई पक्राउ गरि एका एक हिरो बनाई मधेशका जायज मुद्धाहरुलाई समेत ओझेलमा पार्न खोजिएको भन्दै तत्काल उनलाई रिहा गर्न प्रमुख विपक्षी एमाओवादी सहित मधेसवादी दलका नेताहरुले सरकारसंग माग गरेका हुन । मधेशको हकहितका लागि बर्षैंदेखि लडिरहेका अन्य आवाजलाई राउतको गिरफतारीले ओझेल पारेको उनिहरुको ठम्याई छ । कार्यवाहक प्रधानमन्त्री गौतमले  राउतलाई कसैको दवाबमा भन्दा पनि सरकारले पकृया मिलाएर रिहा गर्ने तयारि गरिरहेको बताए । ड. राउतको रिहाइका लागि उनि पक्राउ परेको दिनदेखि नैं बिभिन्न अधिकारवादी संघसंस्था र दर्जनौं मानवअधिकारकर्मीहरुले आवाज उठाउदै आएका छन ।