दाङमा आजदेखि लोक नाटक उत्सव सुरु

माघ २७, दाङ – लोक नाटकको संरक्षण र सम्बृद्धन गर्ने उद्देश्यका साथ दाङको घोराहीमा आज देखि दुइ दिने मध्य तथा सुदूरपश्चिमाञ्चल लोक नाटक उत्सव सुरु हुदैछ । साहित्यको महत्वपुर्ण विधा लोकनाटक लोप हुँदै गए पछि त्यसको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले लोक नाटक उत्सवको आयोजना गरिएको बताईएके छ । उत्सवलाई नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान काठमाडौको आयोजना तथा नेपाल म्युजिक सेन्टर काठमाडौको सह आयोजना र माछा पुच्छ्रे बैंकको विषेश सहयोग रहेको छ । उत्सवमा थारु, मगर, नेवार र खस समुदायमा प्रचलित लोपोन्मुख लोकनाटकहरु प्रर्दशन गरिने आयोजकले बताएका छन । उत्सवमा मध्य तथा सूदुरपश्चिमाञ्चलका १२ वटा प्रतियोगि र ५ वटा अप्रतियोगि लोक नाटकहरु प्रस्तुत गरिने नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तिर्थबहादुर थापाले बताए । आज पहिलो दिन प्रतियोगिकोरुपमा ज्यो मारे दाङ, राजा हरिशचन्द्र, ज्यो मारे रोल्पा, हनुमान चरित्र, डाम्फ्या स्याई र वयल डाँरी लोकनाटक प्रस्तुत गरिने छ भने अप्रतियोगिको रुपमा वर्का नाँच र सरङया प्रस्तुत गरिने थापाले बताए ।
त्यस्तै भोली सोरठी, कठघोरी, नागा, गौरा र हन्ना लोक नाटकहरु प्रतियोगिकोरुपमा प्रस्तुत गरिने भएको छ भने हुड्केली, सख्या पैयाँ र संस्कृत नाटक अप्रतियोगिकोरुपमा प्रस्तुत गरिने आयोजक समितिले जानकारी दिएको छ । करिब ३ सय कलाकारहरु उत्सवमा सहभागि हुने लोक नाटक उत्सव मूल समितिका सदस्य नित्यानन्द शर्माले जानकारी दिए ।