माघ २७, रुपन्देही – रुपन्देहीका कृषकहरुले तत्काल दुधको मूल्यवृद्धि गर्न सरकारसँग माग गरेका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी संघ रुपन्देहीले उत्पादन लागतका आधारमा दुधको मूल्य नपाउँदा कृषकहरु पेशाबाट पलायन हुने अवस्थामा पुगेको भन्दै तत्काल दुधको मूल्यवृद्धि गर्न उनीहरुले माग गरेका हुन । संघले मूल्यवृद्धि गर्दा ७५ प्रतिशत उत्पादक र २५ प्रतिशत प्रशोधनकर्ताको मापन गर्न पनि आग्रह गरेको छ । उत्पादन लागतका आधारमा कच्चा दुधको मूल्य निर्धारण गर्न नेपाल सरकार प्रधानमन्त्रीको कार्यालय, कृषि मन्त्रालय, राष्ट्रिय दुग्ध विकास बोर्ड र दुग्ध विकास संस्थानमा ज्ञापनपत्र समेत बुझाइएको स्मरण गराउँदै किसानका मागलाई बेवास्ता गरिए चरणवद्ध आन्दोलन गरी दुध संकलन र वितरण कार्यलाई ठप्प पार्ने दुग्ध उत्पादक सहकारी संघ रुपन्देहीले चेतावनी दिएको छ । दुधको उत्पान लागत कम गर्न कृषकहरुलाई प्रोत्साहन गर्ने नमूना कार्यक्रम प्याकेजमा तयार गरी व्यवहारमा ल्याउन, दुधको मूल्यवृद्धिसँगै संस्था सञ्चान खर्थ, चिलिङ सेन्टर सञ्चालन अनुदान तथा ढुवानी अनुदान वृद्धि गर्न विज्ञप्ती मार्फत मा समेत गरिएको छ ।
अन्तरबार्ता
‘आवधिक चुनाव हुन्छ तर मध्यावधि चुनाव हुदैन’ : वरिष्ठ नेता खनाल

माघ १४, काठमाडौँ – नेपाल कम्यूनिष्ट पार्टी नेकपाको विवाद चुलिदै गर्दा निर्वाचन आयोगले पार्टी एकै ठाउ भएको निर्कष निकालेको छ । यस सन्दर्भमा
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ । बजेटको
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।