जलबायु परिर्वतनलाई राजनीतिक रुपमा सम्बोधन गर्नुपर्ने माग

असोज ७, काठमाडौँ-जलबायु परिवर्तनबारे हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनको पुर्वसन्ध्यामा राष्ट्रसंघको मुख्यालय अगाडि प्रदर्शन भएको छ । प्रदर्शनमा सहभागी सर्वसाधरणले गम्भिर विषय बनेको जलबायु परिर्वतनको मुद्धालाई विश्वभरका देशहरुले राजनीतिक रुपमा सम्बोधन गर्नुपर्ने माग गरेका छन । राष्ट्रसंघ महासचिव बान की मुनले प ियो विषयमा विषेश चासो देखाउनुभएको छ । विश्वभरका देशहरुले भाग लिन लागेको जलबायु सम्मेलनमा चिन र भारत जस्ता औद्योगिक मुलुकका राष्ट्र प्रमुखले सहभागिता नजनाउने भएपछि प्रदर्शनकारीले त्यसको बिरोध गरेका छन । अमेरिकी राष्ट्रपति बाराक ओबामाले सहभागिता जनाउने सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिम पनि सहभागी नहुनेभएपछि बिरोध चर्किएको हो ।