एसीयाडमा नेपालको निराशाजनक प्रदर्शन, नेपालले आज काजकिस्तानको सामना गर्दै

असोज ७, काठमाडौँ-दक्षिण कोरियाको इन्छनमा जारी सत्रौं एसियाली खेलकुदमा निराशाजनक खेल खेलीरहेका नेपाली खेलाडीले आजको पुरुष ५० मिटरको पौडीमा पनि राम्रो प्रर्दशनी गर्न सकेनन् । पौडी खेलाडी  शिरीष गुरुङ्ग र मिराज प्रजापतिले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । शिरीष निर्धारित दूरी २७ दशमलव २३ सेकेन्डमा पूरा गर्दै व्यक्तिगत प्रदर्शनमा शुन्य दशमलव शुन्य दुई सेकेन्डले सुधार्ने क्रममा चौथो भए । त्यसैगरी मिराजले २८ दशमलव ०८ सेकेन्डमा दूरी सकाउँदै छैटौं हुने क्रममा पहिलेको व्यक्तिगत प्रदर्शनलाईसमेत भेटाउन सकेनन् । यो स्पर्धामा चित्रबहादुर गुरुङ्गको नाममा २६ दशमलव ३४ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ । यता, आजदेखि महिला बास्केटबलका खेलहरु सुरु भएका छन् । नेपालले दिउँसो १ बजे काजकिस्तानको सामना गर्दैछ ।