माओवादीले जनताको सुख देख्न चाहेको छैन:सर्वसाधारण

असोज ७, धनगढी-नेकपा–माओवादीले आज सुदूर र मध्यपश्चिम नेपालमा गरेको बन्दका कारण कैलालीलगायतका जिल्लामा यातायात सेवा ठप्प भएपछि जनजीवन प्रभावित भएको छ । दसैँ मनाउन आ–आफ्नो घरतर्फ आउजाउ गरिरहेका सर्वसाधारण यातायात बन्दका कारण बीचबाटोमै रोकिनुपरेपछि आक्रोशित भएका छन् । यातायात बन्द गरी गन्तव्यतर्फ हिँडेका कैयौँ सर्वसाधारण बीचबाटोमै रोकेर बन्दकर्ताहरुले के गर्न खोजेको हो डोटी जान लागेका एक यात्रुले आक्रोशित हूादै माओवादीले नेपाली जनताको सुख देख्न नचालेको बताएका छन् । यता यातायात बन्दकर्ता नेकपा–माओवादीले भने नेपालको जल सम्पदामाथि गम्भीर घात हुने गरी हालै भारतसँग ऊर्जा व्यापार सम्झौता र ऊर्जा विकास सम्झौता गरिएको भन्दै त्यसको खारेजीको मागसहित आज सेती, महाकाली, कार्णाली र भेरी क्षेत्रमा यातायात बन्दको अह्वानमा उत्रनुपरेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ । बन्दका कारण कैलाली जिल्लामा लामो दूरीका बस, ट्रक, जिपलगायतका यातायातका साधन ठप्प छन् ।