विद्युत महसुल बढाउने तयारी तिब्र

भदौ २९, काठमाडौँ-विद्युत महसुल निर्धारण आयोगको बैठक आज बस्दैछ । आयोगको हिजो बसेको बैठकले तय गरे अनुसार आज बस्ने बैठकले महसुल बढाउने संभावना रहेको आयोगका अध्यक्ष गणेश सुब्बाले जानकारी दिनुभयो । अध्यक्ष सुब्बाका अनुसार आयोगले १३ दशमलव ७० प्रतिशत महसुल बढाउने तयारी गरेको  छ । नेपाल बिद्युत प्राधिकरणले २० प्रतिशत विद्युत महसुल बढाउनका लागी माग गरे पनि आयोगले समग्रमा १३ दशमलव ७० प्रतिशत महशुल बढाउन लागेको हो ।

गत २०६९ सालमा मात्र आयोगले २० प्रतिशत विद्युत महसुल बृद्धि गर्ने निर्णय गरेको थियो । आयोगको हिजोको बैठक आयोगको हिजो बसेको बैठकले एक बर्ष अघि बढाएको महसुल बराबरकै महसुल बृद्धि गर्न सहमती जनाएको थियो ।  आयोगले चुहावट खर्च न्ययुनिकरण, लगायतका विषयमा विभिन्न सर्त सहित महसुल बृद्धि गर्ने तयारी गरेके छ । आयोगले असोज वा काक्तिक कुन महिनादेखि बढाउने निक्योल गर्न बाँकी रहे पनि दसैँ अघि नै बढाउँदा बढी आलोचना हुने हुनाले आगामी १ काक्तिकबाट लागु हुने गरी बढाउने तयारी गरेको श्रोतको दाबी  छ ।