पाँच पटकको अबरुद्धपछि पनि आज संसद बैठक बस्दै

भदौं २९,काठमाडौं-एकीकृत माओवादी लतायत विपक्षी दलको बिरोधका कारण अबरुद्ध हुँदै आएको व्यबस्थापिका संसदको बैठक आज पनि बोलाईएको छ । लगातार पाँच पटक अबरुद्ध भएको बैठक आज पनि पुन बोलाईएको हो । शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न र संविधानमा सहमति कायम गर्न विगतमा भएको चारबुदे सहमति कार्यान्वयनको मागगर्दै विपक्षीले संसद अबरुद्ध गर्दै आएका हुन् ।

व्यबस्थापिका संसदको शुक्रबार बसेको बैठकको सुरुमै सभामुखसंग समय लिएर एकीकृत माओवादीका अग्नी सापकोटाले सत्तारुढ दलहरु सहमति कार्यान्वयन गर्न राजी नहुदा सम्म संसद चल्न नसक्ने बताउनु भयो । उहाँले देशको राजनीति बिचौलिया, अर्थतन्त्र तस्कर र शान्ति सुरक्षा गुण्डाको हातमा पुगेको आरोप लगाउनुभयो ।