नेपालले आज इराकसँग प्रतिष्पर्धा गर्ने

भदौ २९, काठमाडौँ-१७ औं एसियाली खुलकुद प्रतियोगता एसियाड अन्तर्गत नेपालको यू २३ फुटबल टोलीले आज इराकसँग प्रतिष्पर्धा गर्दैछ । एसियाडको औपचारीक उद्घाटन असोज ३ गते देखि हुने भए पनि फुटबलका खेलहरु आजै देखि सञ्चालन हुुँदैछ ।

एसियाडमा पहिलो पटक फुटबल खेलमा सहभागिता जनाउन लागेको नेपाली टोली समुह डी मा रहेकोछ । तुलनात्मक रुपमा कठिन मानिएको उक्त समुहमा ईराक कुवेत र जापान परेका छन् । नेपाली टा्ेलीका लागी ईराक आफैमा बलियो प्रतिद्धन्द्धी हो । नेपाल र ईराक बीचको यो तेस्रो भिडन्त हो ।