कात्तिक २६, काठमाण्डौँ – तेह्रौं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि मुम्बई इण्डियन्सले जितेको छ । फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले पाँचौ पटक आइपिएल उपाधि जितेको हो ।
यो सँगै अहिलेसम्म १३ औं सिजनमा मुम्बई इण्डियन्स छैठौ पटक फाइनल खेलेर पाँच पटक उपाधि जितेको छ । त्यस्तै पहिलो पटक फाइनलमा पुगेको दिल्ली क्यापिटल्स पहिलो उपाधि जित्नबाट चुकेको छ ।
