अन्जु र निशानको ‘ढाका टोपी’ रिलिज – हेरौं भिडियो

कात्तिक २६, काठमाण्डौँ –  गायिका अन्जु पन्त र गायक निशान भट्टराईको नयाँ गित ‘ढाकाटोपी’ सार्वजनिक भएको छ।केही दिन अघि रिलिज भएको गीत र गीतको भिडियोले यतिबेला राम्रो रिस्पोन्स पाइरहेको छ ।

सार्वजनिक गीतमा रघु परियारको शब्द रहेक छ भने पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ । गीतको भिडियोमा कैशा रावत, जय रसाईली र दिपारत्न श्रेष्ठको अभिनय रहेको छ ।

सौरब लामाको छायाँकन रहेको भिडियोमा सम्पादन अर्जुन जिसीको रहेको छ । भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् ।