कक्षा १२ को नतिजा आज सार्वजानीक हुँदै

भदौ १४ , काठमाडौँ – हिजो प्रकाशित हुने भनिएको कक्षा १२ को विज्ञान विषयको नतिजा उच्च माध्यमिक शिक्षा परिषदले आज सार्वजानीक गर्ने जनाएको छ । गत बैशाखमा भएको परिक्षाको नतिजा हिजो नै सार्वजनिक गर्ने तयारी भएको भए पनि केहि प्रक्रिया बाँकी भएका कारण आज सार्वजनीक गर्न लागीएको हो ।

अहिले विहान परिक्षा समितीको बैठक बसे पछि दिउँसो सम्म  नतिजा सार्वजनीक गर्ने उच्च माध्यमीक शिक्षा परिषदले जनाएको छ ।  नतिजा प्रकाशनमा ढिलाई हुदा त्रिविले लिने प्रबेश परिक्षामा सहभागि हुने पाउँने नपाउँनेमा विद्यार्थिहरु अन्योल रहनुका साथै विदेश अध्यनमा जाने विद्यार्थी समेत मारमा परेका छन् ।