१० बाम पार्टीले पीडीए विरोधमा अन्र्तक्रिया गर्दै

भदौ १४ , काठमाडौँ  – संविधानसभा भङ्ग गरी गोलमेच सम्मेलनको माग गर्दै आएको नेकपा माओवादी लगायत १० बाम पार्टीले  माथिल्लो कर्णलीबारे सरकारले गर्न लागेको पीडीए सम्झौताको बिरोध स्वप आज  अन्र्तक्रियात्मक कार्यक्रमको आयोजना गरेका छन् ।

सस्तो लागतमा नेपाललाई बिजुली पुग्ने माथिल्लो कर्णालीको सरकारले वास्तविक महत्व नबुझेको भन्दै छलफलको आयोजना गर्न लागीएको माओवादी प्रवक्ता पम्फा भुषालले जानकारी दिनुभयो ।

प्रवक्ता भुषालका अनुसार आयोजनाको देशभित्रै संभावना नखोजी  भारतीय कम्पनीको जिम्मा लगाउने,  सस्तो मुल्यमा भारतलाई बेच्न नहुने लगायतका विषयमा छलफल गर्ने र सरकारलार्य सचेत गराउने अभियान नै थाल्ने  १० बाम पार्टीको तयारी  छ ।

छलफलमा नेकपा माओवादी भुमीगत भनिएका नेकपा मसालका नेता  मोहन बिक्रम सिंह,  मातृका यादव नेतृत्वको माओवादी , मणी थापको क्रानितकारी कम्युनिष्ट नेपाल  , चित्रबहादुर केसी नेतृत्वको राष्टिय जनमोर्चा नेपाल, साध्य बहादुर भण्डारीको जनमोर्चा लगायतका १० बाम पार्टी सहभागी हुने बताइएको  छ । कार्यक्रम दिउसो २ बजे हुदैछ ।