आज बेपत्ता पारिएका नागरिकको अन्तर्राष्ट्रिय दिवस

भदौ १४ , काठमाडौँ – आज बेपत्ता नागरिक अन्तर्राष्ट्रिय दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदै छ । बेपत्ता पारिएहरुको अवस्था सार्वजनिक गर्न दवाव दिने उद्देश्यले दिनभर दवाव मुलक कार्यक्रम हुदैछन् । दिवशको अवसरमा विहान बिभिन्न मानवअधिकारवादी तथा द्वन्द्वपीडित संघसंस्थाको अगुवाईमा राजधानीमा प्रभातफेरि निकालिने विभिन्न संघ संस्थाले जनाएका छन् ।

सशस्त्र द्वन्द्वकालमा बेपत्ता पारिएका ब्यक्तिका आफन्तले राजनीतिक सहमति नभएको नाममा आफूहरुलाई राज्यले कानुनी उपचार र राहतबाट बञ्चित गराएको भन्दै आक्रोश व्यक्त गरेका छन । बेपत्ता खोजवीन र सत्य निरुपण तथा मेलमिलाप आयोग बन्न नसक्दा आफूहरुले कानुनी उपचार नपाएको र राज्यले बेपत्ता भएको स्वीकार गरेपनि राहत नदिएको पीडित परिवारको गुनासो छ ।

बेपत्ता पारिएकाहरुको अवस्था सार्वजनिक गर्न, दोषीलाई कारबाही गर्न र पीडितलाई राहत दिनको लागि बेपत्ता खोजवीन आयोग गठन गर्न दलहरुबीच २०६३ सालमै सहमति भएको थियो । तर अझै आयोग बन्न सकेको छैन । द्धन्द्धकालमा तत्कालिन नकेपा माओवाली र सरकारले नेपालमा एकहजार एकसय ६२ जना नागरिक बेपत्ता भएको राष्ट्रिय मानव अधिकार आयोगको तथ्याङ्कमा उल्लेख छ ।