पहिरोमा पुरीदा ७ को मृत्यु, ३ आमाछोरी माइती घरमै पुरीए

भदौ ११, सिन्धुपाल्चोक/पर्वत -पछिल्लो समय प्राकृतिक बिपत्तिले घेरीएको जिल्ला सिन्धुपाल्चोकमा फेरी पहिरो गएको  छ । पहिरोले घर पुरिखा फेरि ४ जनाको मृत्यु भएको छ । गएराती २ बजे गएको पहिरोले एक घर पुरिँदा माहाकाल ६ का दिलबहादुर तामाङको परिवारका ४ जनाका मृत्यु भएको हो ।

बोल्देमा गएको पहिरोले ३२ बर्षका दिल बाहादुर तामाङ, ७० बर्षका उहाँका हजुरबुबा, १३ बर्षका छोरी एलिसा  र ४ बर्षका छोरा प्रशान्त तामाङको ज्यान गएको हो । यस्तै उहाँका श्रीमती ३२ वर्षीय मोती तामाङ घाइते हुनुभएको  छ । उहाँलाई उपचारको लागि काठमाडौँ लगिएको छ । सोही स्थानमा एक गोठ समेत पुरिएको छ । गोठ पुरिँदा केही पशु चौपाय पनि मरेका छन् ।

अहिले उद्दारका लागि स्थानियबासी स् प्रहरी लगायत खटिएका छन् । जिल्लमा यो वर्ष पहिरो बाट ज्यान गुमाउनेहरुको संख्या अत्याधिक रहेको छ । जुरे पिपलडाँडा, भोटसीपा, ठूलोसिरुवारी, बाँसखर्क, बराम्चे र गए राती गएको माहाँकालको पहिरोमा समेत गरी ज्यान गुमाउनेहरुको संख्या १७३ पुगेको छ ।

यसैबिच तीज मनाउन माइत गएका तीन आमाछोरीको माइतीघरमै पहिरोले पुरेर मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका १८ पकुवामा आज बिहान आएको पहिरोले  जमुना पौडेल र उनका दुई छोरीहरुको ज्यान गएको हो । पहिरोले घर पुरेपछि बेपत्ता तीनैजनाको शव सुरक्षाकर्मीले निकालेका छन् । पहिरोले पुरेर मृत्यु हुनेमा २८ वर्षीया जमुना पौडेल, उनका छोरीहरु ४ वर्षीया जस्मिन र ६ वर्षीया खुशी पौडेल छन् । उनीहरुको शव सुरक्षाकर्मीले पहिरोस्थलबाट निकालेका छन् ।

पहिरोमा पुरिएकी जमुनाकी आमा ७० वर्षीया पुतली चापागाईलाई भने बेहोस अवस्थामा जीवितै उद्धार गरिएको छ । जमुनाका बुबा हरिलाल चापागाई भने करेसामा भेल पन्छाउन गएकाले बाँच्न सफल भएका छन् । खाटमा सुतेको अवस्थामा तीनैजनाको शव फेला परेको हो । पकुवाबाट राम्जाठाँटी जोड्ने सडकको भाग खसेर घर पुरेको हो । सडकबाट करिब ५ सय मिटर तलसम्म पहिरो झरेर घर पुरेको छ ।