धान मिलमा आगलागी हुँदा १५ लाख क्षति

वैशाख १६, काठमाडौ- झापाको झापा गाउँपालिका–३ स्थित सिमलबारीमा एक धान मिलमा आगलागी हुँदा करिब रु १५ लाख बराबरको क्षति भएको छ । झापा–३ का प्रसाद राजवंशीले सञ्चालन गरेको धान मिलमा सोमबार दिउँसो आगलागी हुँदा रु १४ लाख ७८ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार चट्याङ परी विद्युत्को तार सर्ट भइ अचानक राजवंशीको धान मिलमा आगलागी हुँदा राजवंशीको मिल तथा छिमेकी प्रल्हाद मण्डलको दुई कच्ची घरसमेत जलेर नष्ट भएको छ । आगलागी प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।