विबादास्पद व्यबसायी बस्नेतलाई पक्राउ गर्न अादेश

भदौ ६, काठमाडौँ -चर्चित घरजग्गा व्यवसायी सुधिर बस्नेतलाई पक्राउ गर्नसर्वोच्च अदालतले  आदेश दिएको छ । ओरियन्टल सहकारी लगायत आधा दर्जन हाउजिङ तथा अपार्टमेन्ट कम्पनीका अध्यक्ष बस्नेतले सर्वसाधारणको साढे ९ अर्ब ठगी गरेको उजुरीमा जिल्ला र पुनरावेदनको फैसलाविरुद्ध सरकारले गरेको पुनरावेदनमा सर्वोच्चका न्यायाधीश गिरिशचन्द्र लाल र देवेन्द्रगोपाल श्रेष्ठको इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

साढे ७ हजार उपभोक्ताको उजुरी खेपेका बस्नेत माथी  सरकारले हालै गठन गरेको आवास छानविन आयोगमा पनि १०० भन्दा बढी उजुरी परिसकेको छ । सोही अभियोगमा यसअघि पक्राउ परेका ब्यापारी बस्नेतलाई जिल्ला अदालत काठमाडौंले ४ लाख धरौटीमा छुटेका थिए ।