यू १६ च्याम्पियनलाई जनही ५० हजार दिइने

भदौ ६, काठमाडौँ – मलेसियामा सम्पन्न एसीसी यू १६ प्रिमियर क्रिकेटको उपाधि विजेता टोलीका खेलाडीलाई सरकारले प्रतिब्यक्ति ५० हजारका दरले पुरस्कार दिने घोषणा गरेको छ। नेपाल क्रिकेट संघ क्यानले शुक्रबार विजेता टोलीको सम्मानमा आयोजना गरेको कार्यक्रममा बोल्दै खेलकुदमन्त्री पुरुषोतम पौडेलले नेपाली टोलीका सदस्यहरुलाई उक्त नगद पुरस्कारको घोषणा गरेका हुन्। यसअघि क्यानले उपाधि जितेपछि टोलीका प्रत्येक खेलाडीलाई २० हजार दिने घोषणा गरेको थियो।  बुधबार आयोजक मलेसीयन टोलीलाई ३२ रनले पराजीत गर्दै खेल अवधीभर अपराजीत यात्रा तय गरेको नेपाली टिमलाई हिजो त्रिभुवन अन्तराष्टिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।