कटवालको आत्मकथामा वाहियात गफ मात्रै-: प्रचण्ड

भदौं ३ , काठमाडौं – पुर्बप्रधानमन्त्रि तथा एमाओवादीका अध्यक्ष प्रचण्डले पूर्वप्रधानसेनापति रुकमाङगद कटवालको हालै बजारमा आएको आत्मकथालाइ वाहियातको हावादारी गफ भनेका छन् । कटवालको आत्माकथा नामक पुस्तकमा आफुबारेको कुनेपनि कुरा सत्य नभएको भन्दै त्यसलाइ वाहियातको संज्ञा दिएका हुन । आफ्नै निवास लाजिम्पाटमा आज दिउँसो संचारकर्मीसंग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले कटवाल एक अवसरवादी सिपालु शिकारी भएको बताए । कटुवालको आत्मा कथा नामक पुस्तकमा जति हावादारी गफ दिएको भएपनि कटवालका कारण आफ्नो पार्टि र स्वयम आफुलाइ रत्ती भर असर नपारेको प्रचण्डको भनाइ छ । आफू प्रधानमन्त्री र कटवाल सेनाका प्रमुख हुँदा आफुहरु बिच कुराकानी हुनु कुनै ठुलो कुरा नभएको समेत बताए । कटवालको आत्माकथा नामक पुस्तकमा प्रचण्डले चिन भ्रमण गर्दा आफुसंग सल्लाह मागेको उल्लेख गरिएको छ ।