साताब्यापी पहिरोले पूरै गाउ बन्धकमा

भदौ ३, जाजरकोट  –  जिल्लाको उत्तर पूर्वी क्षेत्रमा पर्ने वारेकोटको रामीडाँडामा एक गाउँ नाकाबन्दीमा परेको छ ।  बाढीपहिरोले बाटो र काठेपुल बगाएपछि एक साताअघिदेखि रामीडाडाका गाउहरू नाकाबन्दीमा परेका हुन् । खोलामा रहेका दर्जनौँ काठेपुल, घट्ट बगेका कारण वारिपारिका गाउँहरू सम्पर्कविहीन भएका छन् ।

यस क्षेत्रमा समयमै राहत नपुग्दा खाद्यान्न सङ्कट देखापर्नुका साथै हवाई मार्गबाहेक अन्य तरिकाबाट खाद्यान्न आपूर्तिको व्यवस्था हुन सकेको छैन ।  एकैछिनमा पुगिने ठाउँमा पनि पुल नहुँदा अर्को ठाउँमा जानमात्र घन्टौं लाग्ने गरेको छ । बाढीपहिरोले खोलाको किनारमा निर्माण गरेका अन्न पिस्ने पानीघट्टहरू पूर्ण रुपमा बगाएको छ ।

सेरी, छेडा र कोटेली खोलाका तीन दर्जन पानीघट्ट बगाएपछि यहा“का स्थानीय जनताले मकै र गहुँ पिस्न नपाएको बताएका छन् । राहत सामग्री बुझ्न आउनुभएका दलबहादुर पुनले यो पीडा सुनाउनुभएको हो । रामीडा“डा–७ र ८ का तल्लो आग्र र माथिल्लो आग्र गाउ“को मकैबारी र खेत पहिरोले नष्ट भएको छ । बाटो नभएकै कारण ११ वटा विद्यालय बन्द छन ।