“एन्टी हिरो” मा जसिता र अनमोलको जोडी बाधिदैं

माघ ९, काठमाडौं – अभिनेता भुवन केसीको निर्माणमा बन्ने चलचित्र ‘एन्टी हिरो’ मा जसिता र अनमोलको जोडी बाधिने भएको छ ।

बुधवार निर्माण पक्ष र जसिता बिच औपचारिक सम्झौता भएको हो ।

चलचित्रमा भुवनको पनि अभिनय रहनेछ । उनी नेगेटिभ रोलमा देखिँदै छन् । बाबु भुवन र छोरा अनमोलले पहिलो पल्ट एकसाथ फिल्ममा अभिनय गर्न लागेका हुन् ।

अन्य टिम र कलाकार तथा निर्देशक भने अझै फाइनल भैसकेका छैनन् । चलचित्र २०७७ सालको दसैँमा रिलिज हुने बताइएको छ ।