लोकतान्त्रिक सूचाँकको ९२ औं स्थानमा नेपाल

माघ ९, एजेन्सी – विश्वभरका लोकतान्त्रिक देशहरुको सूचाँकमा नेपाल ९२ औं स्थानमा परेको छ ।

बेलायतको प्रसिद्ध द इकोनोमिस्ट इन्टेलिजेन्स युनिट(इआइयु)ले भर्खरै सार्वजनिक गरेको २०१९ मा विश्वभरका लोकतान्त्रिक मुलुकहरुको (डेमोक्रेसी इन्डेक्स) समीक्षासहितको सूचाँक प्रतिवेदनले सो कुरा उल्लेख गरेको हो ।

१६५ वटा देशहरुको सूचीमा पाकिस्तान १०८ औं स्थानमा रहेको छ भने श्रीलंका ६९ औं स्थानमा रहेको छ । त्यस्तै बंगलादेश ८० औं स्थानमा रहेको छ ।

रिपोर्टमा अमेरिका २५ औं स्थानमा रहेको छ भने अष्ट्रेलिया ९ औं स्थानमा रहेको छ । त्यस्तै जापान २४ औं स्थानमा रहेको छ भने इजरायल २८ औं स्थानमा रहेको छ ।

चीन १५३ औं स्थानमा रहेको छ भने बेलायत १४ औं स्थानमा रहेको छ ।