बाढिको निरिक्षण गर्न गृहमन्त्री बर्दियामा

भदौ १, काठमाडौँ  -उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम बाढी प्रभावित क्षेत्रको अवलोकनका लागि बर्दिया पुगेका छन् । गौतमले बर्दियामा बाढी प्रभावित क्षेत्रमा भइरहेको राहत र उद्धारकार्यको निरीक्षणका साथै पीडित परिवारलाई भेट्ने कार्यक्रम रहेको गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले बताए । गौतमले त्याहाका सरकारी अधिकारीलाई राहत तथा उद्धार कार्य प्रभाबकारी बनाउन निर्देशन समेत दिनेछन् । लगातारको वर्षापछि आएको बाढीले बर्दियाको जनजीवन कष्टकर बनेको छ । हजारौं मानिस अझै विस्थापित भएका छन् भने उद्धार र राहत बितरणको काम प्रभावकारी हुन सकेको छैन । पानी पर्ने क्रम नरोकिएकाले अधिकांश स्थान अझै डुवानको चपेटामा छन् ।