एमाओवादीमा जन्मियो अर्को शक्ति

भदौ १, काठमाडौँ – एकीकृत नेकपा माओवादीमा त्रिपक्षीय गुटबन्दी मौलाइरहँदा मध्यमस्तरका नेताहरुको अगुवाईमा फेरी अर्को शक्तिले जन्म भएको छ । दक्षिण्पन्थी संशोधनबाद र छद्म अवसारवादले पार्टीलाई विघटनको अवस्थामा पुर्याएको भन्दै नेताहरुले पार्टीभित्रै नयाँ शक्तिको जन्म गराएका हुन् ।

पार्टीमा प्रभाव राख्ने नेताहरू लेखराज भट्ट, हेमन्तप्रकाश वली र लीलामणि पोखरेलको अगुवाईमा नयाँ शक्तिको जन्म भएको हो ।
यसलाई उनीहरुले पार्टि रुपान्तरण गरी नेतृत्वको रक्षा गर्ने र कार्यदिशा कायान्वयनमा दबाबमुलक रणनीति निर्माणका प्रयोग गर्ने जनाएका छन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल, नेता बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठलाई गुट भत्काई पार्टी बचाउन दबाब दिने उद्देश्यले उनीहरुले पटक पटक छलफलसमेत चलाइरहेका छन् ।  गत ४ साउनमा बानेश्वरको रोसियो रेस्टुरेन्टमा एमाओवादीका एक दर्जभन्दा बढी केन्द्रीय सदस्यको भेलाले नेताहरुलाई दबाब दिने देशव्यापी अभियान नै सञ्चालन गर्ने निर्णय गरेपछि सो समूहको सक्रियता बढेको छ ।

उनीहरुले तयारी थालेको अभियानका विषयमा अध्यक्ष दाहाल, नेता भट्टराई र श्रेष्ठलाई पनि जानकारी गराइसकेका छन् । आजको राजधानी दैनिकमा खबर छ ।