नेप्से सुधारउन्मुख

साउन ३१, काठमाडौ –  गत साता ओरालो लागेको नेप्से परिसूचकमा यो साता १२।५३ अङ्कले सुधार आएर अन्तिम दिन १०३४।३९ अङ्क पुगेको छ । गत साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा १५।८४ अङ्कले घटेर पनि अन्तिम दिन १०४०।५९ अङ्कमा झरेको थियो । अघिल्लो साता परिसूचक पहिलो दिनको तुलनामा ७।८४ अङ्कले घटेर अन्तिम दिन १०६६।०९ अङ्कमा पुगेको थियो ।

यही साउनको ४ गते नेप्से परिसूचक १०८३।५५ मा पुगेको थियो भने त्यसको तीन सातापछि घटेर १०२१।८६ सम्म तल झरेको थियो । फेरि महिनाको पछिल्लो सातामा भने समग्र परिसूचकमा सुधार आएको छ ।

यो साता ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पहिलो दिनको तुलनामा २।४५ अङ्कले बढेर २२१।२९ अङ्कमा आइपुगेको छ । गत साता ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ३।४९ अङ्कले घटेर २२३।०३ अङ्कमा आइपुगेको थियो ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १६३ कम्पनीको आठ ४६९ कारोबारबाट रु एक अर्ब १५ करोड १९ लाख ७८ हजार बराबरको २१ लाख ८७ हजार ८७० कित्ता सेयर खरिद बिक्री भएका छन् ।

गत साता १७६ कम्पनीको १९ हजार १४१ कारोबारबाट रु दुई अर्ब ४३ करोड २६ लाख २३ हजार बराबरको ५२ लाख ४२ हजार ७४० कित्ता सेयर खरिद बिक्री भएको थियो । यो कारोबार गत साताको तुलनामा ५२।५७ प्रतिशत कम हो ।