एमालेको पदाधिकारी र केन्द्रीय समिति बैठक बस्दै

साउन ३१, काठमाडौ -नेकपा एमालेको ५ दिन देखि जारी केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ । केन्द्रीय समितिको बैठक अगाडी एमालेको पदाधिकारी बैठक बस्दैछ । १० बजे बस्ने बैठकमा  एक कार्यकाल केन्द्रीय समितिमा बिताईसकेको वा जो सुकैले पनि पोलिटब्यूरो सदस्य बन्न पाउने भन्नेमा केन्द्रीय कमिटीको जारी बैठकमा सदस्यहरु विभाजित भएका हुन् ।  बिहीबार र शुक्रबार बोल्ने सदस्यहरुले दुईथरी धारणा राखेका थिए । केन्द्रीय समितिको छलफल टुंगोमा पुग्ने अवस्था नभएपछि पदाधिकारीले मिलाउने प्रयास गर्न लागेका हुन् ।

पदाधिकारी बैठक सकिए लगत्तै दिउँसो १ बजे पार्टी मुख्यालय बल्खुमा  केन्द्रीय समिति बैठक बैठक  बस्ने केन्द्रिय सदस्य ठाकुर गैरेले इमेल खबरलाई जानबकारी दिए । गैरेका अनुसार बैठकमा राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रस्ताव, विधान संशोधन प्रस्ताव र बैठक सञ्चालन कार्यविधि तथा आचारसंहिता सम्बन्धमा प्रस्तुत गरिएका दस्तावेजमाथि छलफल जारी पनि जारी रहनेछ ।

शुक्रबार सम्ममा बैठकमा अध्यक्ष केपी शर्मा ओली, नेता माधवकुमार नेपाललगायत २९ जनाले धारणा राखिसकेका छन् । एमालेमा पोलिटब्यूरो चयनको प्रावधानलाई लिएर केन्द्रीय समितिको जारी बैठकमा चर्किएको विवाद पदाधिकारीहरुले मिलाउने भएका छन् ।