पारस खड्का बेलायतमा

साउन २६, काठमाडौँ ।

नेपाली क्रिकेटका कप्तान पारस खड्का अहिले बेलायतको भ्रमणमा छन् । क्रिकेट संघभित्रको विवाद उत्कर्षमा पुगेका बेला निजी भ्रमणका लागि पारसले बेलायतलाई रोजेका हुन् । क्रिकेट कप्तान भएपछि नेसनल फिंगरको परिचय बनाएका पारसको अभिव्यक्ति खेलाडी र सञ्चारमाध्यमका लागि मात्र नभई आम जनमानसमा एउटा मसला बन्ने गरेको धेरै भइसकेको छ ।

निजी भ्रमणमा बेलायत पुगेपनि लण्डन शहरमा भएका भेटघाट र जमघटमा उनले नेपाली क्रिकेटको विकासकै चाहना पोखेका छन् भने बेलायती क्रिकेटबाट नेपालले पाउन सक्ने सहयोगको सम्भावना खोजी गरिरहेका छन् । फुटवलका समेत ठूलै पारखी पारस इंग्लिस क्लव लिभरपुलका जर्वजस्त फ्यान हुन्, उनले यो कुरा बेलायत पुगेर पुष्टि गरिसकेका छन् । लिभरपुलको भवनमा पुगेर उनले अनेक पोजमा फोटो खिचेका छन्, जसलाई उनको फेसबुकमा नियाल्न सकिन्छ ।

लण्डनमा आयोजित रात्रिभोजमा उनले क्रिकेट विकासका लागि नेपाली समुदायलाई आग्रह गरेको बताइएको छ । भौतिक पूर्वाधार मात्र नभई खेलाडीका लागि समेत बेलायतबाट पहल हुन सक्ने निष्कर्षमा उनले पहल थालेका हुन् । उनी अब केही दिनमा नेपाल फर्किनेछन् ।